४ अर्बको ऋणपत्र आजदेखि बिक्रि गर्दै एनएमबि बैंक, १०.७५ प्रतिशत ब्याजदर

एनएमबि बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि खुला गरेको छ ।

बैंकले १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले  ४० लाख कित्ता मध्ये २४ लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि १६ लाख  कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन गरिएको जनाएको छ ।

बैंकका अनुसार १६ लाख कित्ता मध्ये ८० हजार कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ४५ हजार कित्ताको लागि मात्र माग आएको छ । सोहि कारण ति योजनाहरुलाई छुट्याएर बाँकि रहेको ३५  हजार कित्ता सहित सर्वसाधारणलाई १५ लाख ५५ हजार कित्ता ऋणपत्र निष्काशन गरिएको बैंकले उल्लेख गरेको छ ।

वार्षिक १०.७५ प्रतिशत ब्याज प्रदान गर्ने १० वर्षे अवधिको यस  ऋणपत्रमा छिटोमा चैत्र २४ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो बैशाख ५ गतेसम्म आवेदन दिन सकिने  छ ।

आवेदन न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।बैंकले ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *