प्राइम लाइफद्वारा विशेष साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो चैत २० गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीचको मर्जरसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। मर्जपछि बन्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सोही सभाले मर्जर प्रयोजनका लागि १ः१ः१ सेयर स्वाप रेसियो कायम गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ। हालसम्म भएका मर्जरसम्बन्धी सम्पूर्ण सम्झौता तथा कार्यहरु सभाले स्वीकृत गर्नेछ।

मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको काठमाण्डौ वडा नं. १ मा रहने तथा सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुक कलोज गर्ने निर्णय गरेको छ। २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *