४ अर्बको ऋणपत्र आजदेखि बिक्रि गर्दै एनएमबि बैंक, १०.७५ प्रतिशत ब्याजदर
एनएमबि बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । बैंकले ४० लाख कित्ता मध्ये २४ लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि १६ लाख कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन गरिएको जनाएको छ ।…




