अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राप्रपा फुटको संघारमा, १० सांसद लिएर छुट्टिने तयारीमा जबरा

  • अर्थ सन्जाल
  • ३० पुष २०७९, शनिबार १५:१०


काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिभाजन हुने अवस्थामा पुगेको छ । अध्यक्ष लिङ्देनको मनोमानी प्रवृतिका कारण आन्तरिक विवाद बढ्दै जाँदा पार्टी बिभाजन संघारमा पगुेको हो ।

पार्टीमा संसदीय दलको नेताका आकांक्षी निवर्तमान अध्यक्ष पशुपति शमशेर जबरालाई पाखा लगाएर दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएपछि  चरम अन्तुष्टि बढ्दै गएकोले अब पार्टी बिभाजनको अवस्थामा पुगेको एक नेताले जानकारी दिए ।

पार्टीले जबरालाई चुनावका समयमा समानुपतिकको एक नम्बरमा राखेको थियो । पार्टी सरकारमा गएको खण्डमा जबराकै नेतृत्वमा जाने अन्तरिक सहमति भएको थियो । जसअनुसार जबराले ५ करोड भन्दा बढी रकम पार्टीको खातामा जम्मा गरेको उनी निकट स्रोतको दावी छ ।

‘उनले आफू संसाद बन्ने निश्चित भएपछि २ करोड भन्दा बढी पार्टी अध्यक्षलाई बुझाए, उम्मेदवारहरुलाई समेत पैसा बाडे, तर उनलाई झुक्क्याएर अहिले लिङ्देन आफै संसदीय दलको नेता बने,’ राप्रपाका एक नेताले भने । सुरुमा संसदीय दलको नेता जबरालाई बनाउने भनेपनि पछि अध्यक्ष लिङ्देन आफै दलको नेता बनेका हुन् ।

धर्म निरपेक्षताको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सांसद भने क्रिश्चियन धर्मका प्रचारक बुद्धिमान तामाङ र उनका बुहारी बिना लामालाई प्रतिनिधिसभा समानुपातिक सांसदमा सिफारिस गरेपछि पार्टी सैदान्तिक रुपमा समेत बिचलित भएकोले नेता तथा कार्यकर्तामा झनै आक्रोसित बनेका हुन् ।

त्यति मात्र होईन, पार्टी सरकारमा जाने या नजाने भन्ने बिषयमा छलफल गर्नुपर्ने रबिन्द्र मिश्रको प्रस्तावलाई समेत बेवास्ता गर्दै लिङ्देन्ले यस सम्बन्धमा राजासंग कुरा गरिसकेको र आफूले सोही लाईनअनुसार नै काम गरिरहेको भन्दै बिषयमाथि प्रवेश नै नगरी मिश्रलाई बोल्न समेत रोक लगाएर एकलौटी रुपमा निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई समर्थन गर्दै बिस्वासको मत दिने निर्णय भएसंगै पार्टीमा आन्तरिक राजनीति सुरु भयो । सोहि क्रममा लिङ्देनले संसाद बिक्रम पाण्डे, बुद्दिमान तामांग, धवल शमशेर राणा, दिपक सिंह, दिपक बोहोरा लगाएतसंग छुट्टाछुट्टै भेट गरे ।

सबैलाई मन्त्री बनाउने आस्वासन समेत दिए । त्यसपछि संसदीय दलको नेता चयन गर्ने समयमा तिनै नेता मार्फत पार्टीको अध्यक्ष नै दलको नेता हुने प्रस्ताव बिक्रम पाण्डे मार्फत पेश गर्न लगाए । पाण्डेले  पेस गरेसंगै राजेन्द्र लिङ्देन संसदीय दलको नेता चयन भए । यसपछि अहिले पार्टीमा आन्तरिक विवाद उग्र बन्दै गएको हो, जसले गर्दा अहिले पार्टी विभाजनको संघारमा पुगेको छ ‘ उनले भने ।

उनको भनाई अनुसार जबरा बहुमत सांसदलाई साथ लिएर पार्टी विभाजनको तयारीमा छन् । जसका लागि आन्तरिक गृहकार्य समेत भईरहेको छ । ‘पार्टीका दश भन्दा बढी सांसदलाई साथमा लिएर पार्टी विभाजनको तरखरमा उहाँ (पशुपति शमशेर जबरा) हुनुहुन्छ’, ती नेताले भने, ‘पार्टी विभाजनको अन्तिम अवस्थामा पुगिसक्यो ।’

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् । राप्रपाका निर्वाचित संसाद  बिक्रम पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।

यता सांसद दिपक बोहोरा माथि पनि आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार ठहर गरेर मुद्दा चलाएको थियो । उनी अझै अनुसन्धानकै धेरामा छन् ।

Artha Sanjal
मिती : ३० पुष २०७९, शनिबार १५:१० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अदालतमा मुद्दा दायर

रविलाई गृह फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्दै एसियन हाइड्रोपावर

सिभिललाई प्राप्ति गर्न हिमालयन बैंकले पायो अन्तिम स्वीकृति, एकीकृत कारोबार भने निर्धारित मितिमा नहुने

ताजा समाचार

  1. भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार
  2. अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने
  3. शुभम पावरको आईपीओ भोलिबाट निष्कासन गर्ने
  4. गोरखामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  5. नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
  6. दूधको मूल्य बढाउन माग
  7. बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

विजनेश फोकस

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा

एनआईसी एशिया लघुवित्तको नाफासँगै अघिकांश सूचकमा...

प्रभु बैंकका सीईओको नियुक्ति गैरकानुनी, उच्च अद...

स्प्राइटको नयाँँ क्याम्पेन–पिरोको झट्का स्प्राइ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.