एनपीएलमा आज लिग चरणका अन्तिम दुई खेल, को को खेल्दैछन्?

काठमाडौँ। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स खेल्नेछन् ।

चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर आजको खेल जित्न सके चितवन शिर्ष २ मा रहन सक्ने सम्भावना पनि हुनेछ ।

यस्तै साँझ ५ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स खेल्नेछन् ।

शिर्ष ४ मा रहँदै प्लेअफमा पुगिसकेको काठमान्डु आज जित हात पार्दै शिर्ष २ मा अटाउने ध्याउन्नमा हुनेछ ।

पोखरा भने प्रतियोगिताबाट बाहिरिइसकेको छ । जम्मा १ खेल मात्र जितेको पोखरा आज सान्त्वना जित हात पार्न चाहन्छ । शिर्ष २ मा रहन सके क्वालिफायरमा पराजित भए पनि तेस्रो र चौथो नम्बरमा रहेका टोलीबिच हुने खेलको विजेतासँग खेल्न पाउने थप एक मौका हुने भएकाले प्ले अफमा पुगेका सबै टोली शिर्ष २ मा पर्न चाहन्छन् । आज कर्णाली र पोखराको भने सान्त्वना जितको खोजी मात्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *