काठमाडौँ । सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिको सिफारिसका आधारमा घिमिरेलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्ने निर्णय गरेको हो। समितिले घिमिरेलाई सचिवका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो।
सचिवमा बढुवा हुनुअघि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिइन्।
यसअघि रक्षा मन्त्रालयका सचिव रहेका केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरिएपछि रक्षा मन्त्रालयको सचिव पद रिक्त भएको थियो। उक्त रिक्त पदमा सरकारले घिमिरेलाई पदस्थापन गरेको हो।




