काठमाडौं । साहस ऊर्जाको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म ५९ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १० करोड ४३ लाख रुपैयाँले बढेको हो।
कम्पनीको बिक्री आम्दानी पहिले ९२ करोड ४६ लाख रुपैयाँ रहेकोमा अहिले ९५ करोड ३८ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय खर्च पहिले १६ करोड ७९ लाख रुपैयाँ रहेकोमा अहिले ११ करोड ६५ लाख रुपैयाँ छ । बैंक ब्याजदर घट्दा कम्पनीले वित्तीय खर्च घटेको हो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा छ । प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश घोषणा गरेको कम्पनीको हाल बजार मूल्य ७२५ रुपैयाँ छ ।





