ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि अनुमति मागेपछि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनभित्र खरिदका लागि सम्पर्क गर्न आग्रह गरेको हो।

बैंकका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ। सो अवधिमा संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नआए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

यसअघि बैंकले २०८३ साउन २० मा पनि संस्थापक सेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना जारी गरेको थियो। तर, उक्त अवधिमा सेयर खरिदका लागि कुनै निवेदन नपरेको बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *