काठमाडौं । शाखा समायोजनका लागि तथ्यांक स्थानान्तरण गर्नुपर्ने भएपछि नेपाल बैंकले आफ्ना सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ।
बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म सेवा बन्द रहनेछ। यस अवधिमा बैंकबाट प्रवाह हुने सबै सेवा अवरुद्ध हुने बैंकले जनाएको छ।
शाखा समायोजनसम्बन्धी प्राविधिक कामलाई व्यवस्थित बनाउन तथ्यांक स्थानान्तरण गर्न लागिएको बैंकले स्पष्ट पारेको छ। निर्धारित समयभित्र काम सम्पन्न भएपछि सेवा पुनः नियमित सञ्चालनमा आउनेछ।
सेवा अवरुद्ध हुने अवधिमा बैंकिङ कारोबार प्रभावित हुन सक्ने भएकाले बैंकले ग्राहकलाई आवश्यक कारोबार समयमै सम्पन्न गर्न आग्रह गरेको छ। सेवा बन्द हुँदा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।





