एनपीएलमा आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्।

पहिलो खेल दिउँसो १२ बजे सुरु हुनेछ। जनकपुर दोस्रो खेलमा मैदान उत्रँदा काठमाडौंले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो। जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। त्यसैले जनकपुर आज पहिलो जितको खोजीमा हुनेछ।

आजै साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले यसअघि एक–एक खेल खेलिसकेका छन्। विराटनगर चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो भने कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो।

पहिलो खेलमा जित निकालेको कर्णाली लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ। विराटनगर भने प्रतियोगितामा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।v

Leave a Reply

Your email address will not be published. Required fields are marked *