विद्युतीय सवारीको भाडा दर सार्वजनिक, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । सरकारले अन्तरप्रदेशमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार छोटो, मध्यम र लामो दूरीका सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ दरअनुसार तराईको २५० किलोमिटरभन्दा लामो दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा र २५ देखि २५० किलोमिटरसम्म ३ रुपैयाँ भाडा तोकिएको छ। काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डमा भने प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

तराईको २५० किलोमिटरभन्दा बढी दूरीको लामो रुटमा पक्की तथा ग्राभेल सडकका लागि प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा भाडा कायम गरिएको छ । त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ भाडा तोकिएको छ । काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ खण्डमा भने प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा कायम गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार डिलक्स बसले सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन पाउनेछन्। सुपर डिलक्स बसले भने डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम लिन सक्नेछन्।

विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नियमानुसार छुट दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तो छुट निश्चित रुट, कोटा वा दिनमा सीमित गर्न पाइने छैन। छुट लिन यात्रुले सक्कल परिचयपत्र देखाउनुपर्नेछ।

त्यसैगरी, लामो दूरीको रात्रिकालीन बसमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, चालक र सहचालकले परिचयपत्र वा पोसाक लगाउनुपर्ने र तोकिएको भन्दा बढी भाडा लिएमा कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ । बढी भाडा लिएको खण्डमा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा उजुरी गर्न सक्नेछन् ।

यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडादर पनि समायोजन गरिएको छ। तराईमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा भाडा तोकिएको छ।

विभागले तोकेको दरअनुसार वीरगञ्ज–काठमाडौँ ट्रक भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौँ भाडा ३२ हजार १४१ रुपैयाँ कायम गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *