शेयर बजारमा २२ अंकको वृद्धि, ६ अर्ब ७४ करोडकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ को विन्दुमा कायम भएको छ ।

आज २ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज १९६ कम्पनीको मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज हिजोको तुलनामा कारोबार रकम बढेको हो । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको ३२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.६६ प्रतिशतका दरले कमाएका हुन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोलाका लगानकिर्ताले ८.८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *