भिसा उद्देश्यविपरीत गतिविधि गरेको आरोपमा १० विदेशी निष्कासित

काठमाडौं । अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको पाइएपछि एक नाबालकसहित १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ।

विभागका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरू पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए।

पर्यटक भिसामा आएर भिसाको उद्देश्यविपरीत काम गरेको र अध्यागमन कानुन उल्लंघन गरेको कसुरमा उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरी निष्कासन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

निष्कासित हुनेमध्ये ५ जना अमेरिका, २ ब्राजिल र ३ जना क्यानडाका छन् । तीमध्ये नाबालकलाई उनको आमाबुबासँगै प्रस्थान गराउने निर्णय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *