रिभोल्टको अहिले सम्मकै शक्तिशाली इलेक्ट्रिक बाइक अल-न्यू आरभीएक्स सार्वजनिक

काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले आज काठमाडौँमा जारी नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ आरभीएक्स सार्वजनिक गरेको छ ।

आरभीएक्स भारतको नम्बर १ इलेक्ट्रिक बाइक ब्रान्ड तथा रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली र प्रविधियुक्त इलेक्ट्रिक बाइक हो।

उत्कृष्ट कार्यक्षमता, बौद्धिक प्रविधि र व्यक्तिगत पहिचानलाई समान रूपमा रोज्ने पुस्ताका लागि डिजाइन गरिएको आरभीएक्सले नेपालमा विद्युतीय गतिशीलताको नयाँ अध्यायको सुरुवात गरेको छ ।

आरभीएक्स सीमित अवधिको लागि रु ३.९९ लाखको सुरुवाती मूल्यमा सार्वजनिक गरिएको छ । नाडा अटो शो २०२६ मा रहेको रिभोल्ट पेभिलियन तथा काठमाडौँको पानीपोखरी स्थित रिभोल्टको फ्ल्यागसिप शोरुममा बुकिङ र टेस्ट राइड खुला भइसकेको छ। नेपालभरि विस्तार भइरहेको रिभोल्टको शोरुम नेटवर्क मार्फत छिट्टै यसको डेलिभरी सुरु गरिनेछ ।

नेपालमा वातावरणमैत्री गतिशीलताको प्रयोग तीव्र भइरहँदा, राइडरहरूले दैनिक व्यावहारिकताका साथसाथै रोमाञ्चक अनुभव, आधुनिक प्रविधि र आत्म अभिव्यक्ति दिने सवारीसाधन खोजिरहेका छन् ।

आरभीएक्स ठ्याक्कै यही नयाँ पुस्ताका राइडरहरूलाई ध्यानमा राखेर तयार पारिएको हो । यसले नेपालको बाटो, भू-बनावट र जलवायु अनुकूल हुने गरी रोमाञ्चक पर्फर्मेन्स, उन्नत कनेक्टिभिटी र कम सञ्चालन खर्चलाई एउटै प्याकेजमा समेटेको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले भने, “नेपालमा सुरुवातदेखि नै रिभोल्टले पाएको प्रतिक्रिया निकै उत्साहजनक छ । नेपाली राइडरहरूका लागि विद्युतीय गतिशीलताको उत्कृष्ट प्रविधि ल्याइरहने हाम्रो प्रतिबद्धताको नतिजा आरभीएक्स हो ।यो शक्तिशाली, स्मार्ट र हाम्रा युवा पुस्ताले रोज्ने राइडिङ शैली अनुसार निर्माण गरिएको छ । इन्धनको बढ्दो मूल्य र वातावरणीय चेतनाका बीच आरभीएक्सले कार्यक्षमता वा शैलीमा कुनै सम्झौता नगरी दिगो र किफायती विकल्प प्रदान गर्छ।”

रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडकी अध्यक्ष अञ्जली रतनले भनिन्, “नेपाल रिभोल्ट मोटर्सका लागि एक महत्त्वपूर्ण रणनीतिक बजार हो र आरभीएक्सले हाम्रो इन्जिनियरिङ र नवप्रवर्तनको उत्कृष्ट रूपलाई प्रतिनिधित्व गर्छ । यो नयाँ पुस्ता महत्त्वाकांक्षी र भविष्यप्रति आशावादी छ । उनीहरू प्रविधिले आफूलाई प्रेरित गरोस् र आफ्नो पहिचान झल्काओस् भन्ने चाहन्छन्। आरभीएक्सले यही भावनालाई आत्मसात् गरेको छ । एमभी दुगड ग्रुपसँगको सहकार्यमा यसले नेपालमा पर्फर्मेन्स इलेक्ट्रिक बाइकको नयाँ मानक स्थापित गर्नेमा हामी विश्वस्त छौं ।”

पर्फर्मेन्स र प्रविधि

पर्फर्मेन्स उन्मुख इलेक्ट्रिक बाइकको रूपमा डिजाइन गरिएको आरभीएक्समा नयाँ ४ किलाेवाट मिड-ड्राइभ पीएमएसएम मोटर रहेको छ, जसले ५.३ किलाेवाटको पिक आउटपुट र ह्निलमा २३० एनएम सम्मको टर्क प्रदान गर्छ । यो रिभोल्ट मोटर्सद्वारा निर्माण गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बाइक हो । यसले मात्र ३.९ सेकेन्डमा ० देखि ४० किमी प्रतिघण्टाको गति लिन्छ भने बिल्कुलै नयाँ बुस्ट मोडमा ९० किमी प्रतिघण्टाको अधिकतम गति प्राप्त गर्छ ।

आरभीएक्समा ३.२४ किलाेवाट आवर को निकाल्न मिल्ने एनएमसी ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा १६० किलोमिटरको आईडीसी रेन्ज दिन्छ । फास्ट चार्जरको प्रयोग गरी यसलाई मात्र ८० मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । रिमुभेबल ब्याट्री डिजाइनका कारण सामान्य घरायसी सकेटबाट पनि जुनसुकै ठाउँमा सजिलै चार्ज गर्न सकिन्छ, जुन नेपाली घरहरूका लागि विशेष व्यावहारिक छ ।

आरभीएक्सका प्रमुख विशेषताहरूः

५.३ किलाेवाट पिक पावर र ह्विलमा २३० एनएम सम्म टर्क दिने ४ किलाेवाट मिड-ड्राइभ पीएकएसएम मोटर
३.२४ किलोवाट आवर रिमुभेबल एनएमसी ब्याट्रीका साथ १६० किमी आइडीसी रेन्ज; ८० मिनेटमा ० देखि ८० प्रतिशत फास्ट चार्जिङ
चार वटा राइडिङ मोडहरू: बुस्ट, स्पोर्ट्स, सिटी र इको
विविध सडकहरूमा उत्कृष्ट ह्यान्डलिङका लागि अपसाइड-डाउन फ्रन्ट फर्क र रियर मोनो-शक
३.५ इन्चको आईपी ६७-रेटेड पीएमभीए डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टेलिम्याटिक्स, जियो-फेन्सिङ र ओटीए अपडेटसहितको नयाँ डिजी-ड्याश
कल तथा म्यासेज नोटिफिकेसन, हिल होल्ड असिस्ट, रिभर्स मोड, वाक असिस्ट, इम्मोबिलाइजर र भेहिकल लोकेटर
तीन आकर्षक रङहरूमा उपलब्ध: पर्ल ब्ल्याक, इलेक्ट्रिक ब्लु र इक्लिप्स रेड
सोही अवसरमा रिभोल्ट र एमभी दुगड ग्रुपले ‘नेपाल गर्छ रिभोल्ट’ नामक ब्रान्ड क्याम्पेन पनि अनावरण गरेका छन्, जुन रिभोल्टको नयाँ विश्वव्यापी ब्रान्ड मुभमेन्टको नेपाली संस्करण हो ।

यो अभियानले आत्मविश्वासले भरिएका, महत्त्वाकांक्षी र आफ्नै तरिकाले अघि बढ्न नहिचकिचाउने नेपाली राइडरहरूको सम्मान गर्छ, जसले गतिशीलतालाई आफ्नो पहिचान र सपनाको विस्तारका रूपमा हेर्छन् ।

नाडा अटो शो २०२६ का आगन्तुकहरूले रिभोल्ट पेभिलियनमा आरभीएक्सको प्रत्यक्ष अनुभव लिन, टेस्ट राइड गर्न र बाइक प्र बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक ग्राहकहरूका लागि विशेष अफरहरू उपलब्ध गराइएको छ । आरभीएक्स रिभोल्टको फ्ल्यागसिप शोरुमका साथै वीरगन्ज, जनकपुर, पोखरा, विराटनगर, नेपालगन्ज, बुटवल र धनगढी लगायतका प्रमुख शहरहरूमा रहेका एमभी दुगड ग्रुपका शोरुमहरूमा उपलब्ध हुनेछ ।

प्रत्येक शोरुममा तालिमप्राप्त ईभी प्राविधिक, समर्पित सर्भिस पूर्वाधार र ओरिजिनल पार्ट्स तथा एसेसरिजको सुविधा रहनेछ।
बिल्कुलै नयाँ आरभीएक्स र नेपालमा उपलब्ध रिभोल्टका सम्पूर्ण मोडलहरूबारे थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको आधिकारिक रिभोल्ट शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *