काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेर ऋण अशुली गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले ८० लाख धरौटीमा रिहा भएको जानकारी दिए ।
योसँगै पाण्डेले निर्वाधरुपमा बैंकको कामकारबाही अघि बढाउन सक्नेछन् । यधपि मुद्दा दायर हुँदैमा कुनै पनि बैंक तथा वित्तीय संस्थाका सीइओ निलम्बित भने नहुने कानुनी व्यवस्था वाफियामा छ ।




