एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागू

काठमाडौं । एनसेलले मंगलबारदेखि १९८ वटा गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ कलको पल्स दर परिवर्तन गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२ गतेको स्वीकृतिअनुसार एनसेलले अन्तर्राष्ट्रिय कलमा नयाँ ६० सेकेन्डको पल्स दर लागू गरेको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको जनाएको छ।

नयाँ पल्स दर अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रूस, रोमानिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, मेक्सिको र लिबियालगायतका मुलुकमा लागू भएको छ।

एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूचीसँगै अन्तर्राष्ट्रिय कल तथा एसएमएसको शुल्क कम्पनीको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *