नेपाली बजारमा सुन प्रतितोला चार हजार ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।




