काठमाडौं । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन्।
एनएमबी क्यापिटलको साउन २९ गते बसेको सञ्चालक समिति बैठकले एनएमबी क्यापिटल अन्तर्गतका एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र एनएमबी हाइब्रिड फन्ड एल–२ का इकाइधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यी तीनै योजनाको प्रतिफल वितरणार्थ भदौ ८ गते बुक क्लोज गर्ने निर्णय क्यापिटलले गरेको छ। यसको अर्थ भदौ ८ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरु ती योजनाको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्।




