काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार तथा जनतासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
रास्वपाका अनुसार अभियान यही असोज २० गतेदेखि देशभर सुरु हुनेछ। अभियानमा पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरू प्रत्यक्ष रूपमा सहभागी हुनेछन्।
अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न रास्वपाले सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको छ। जिम्मेवारी पाएका नेताहरू तोकिएका जिल्लामा पुगेर अभियानका कार्यक्रमको नेतृत्व गर्नेछन्।
पार्टीले अभियानअन्तर्गत सांसद तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएका जिल्लाको विस्तृत तालिकासमेत सार्वजनिक गरेको छ। अभियानमार्फत केन्द्रीय तहका नेताहरूलाई स्थानीय तहसम्म पुर्याउँदै जनतासँग प्रत्यक्ष संवाद र संगठन विस्तारलाई प्राथमिकता दिने रास्वपाको तयारी छ।




