काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आईबार सुन प्रतितोला तीन लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबार चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।






