राष्ट्र बैंक ऐन संशोधन: दुई डेपुटी गभर्नर यथावत, एक जना महिला संचालक अनिवार्य

काठमाडौँ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको दफावार छलफलमा राष्ट्र बैंकको सञ्चालक समितिको संरचनासम्बन्धी महत्त्वपूर्ण विषयमा सहमति जुटेको छ।

समितिका सचिव लक्ष्मण अर्यालका अनुसार विधेयकको दफा १० मा केन्द्रित छलफलपछि राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय रहने व्यवस्था कायम गर्ने सहमति भएको हो। हाल कायम रहेको दुई जना डेपुटी गभर्नर रहने प्रावधानलाई यथावत् राख्ने निर्णय गरिएको छ। साथै, सञ्चालक समितिमा अर्थ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था पनि निरन्तर कायम रहनेछ।

त्यसैगरी, सञ्चालक समितिमा रहने तीन जना स्वतन्त्र सञ्चालकमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। समितिले यी प्रावधानमार्फत राष्ट्र बैंकको सञ्चालक समितिलाई थप समावेशी, सन्तुलित र व्यावसायिक बनाउने उद्देश्य राखेको जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *