कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका गणेश पोखरेल विजयी भएका छन् । गठवन्धनबाट उम्मेदवार बनेका पोखरेल १२ हजार पाँच सय २५ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्धन्दी एमालेका असारु राजवंशीले नौ हजार सात सय ५९ मत पाए ।
उपप्रमुखमा भने गठबन्धन पराजित भएको छ । उपप्रमुखमा राप्रपाकी राधा कार्की विजयी भइन् । उनले नौ हजार दुई सय ३० मत पाइन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट माओवादीका शिवकुमार राजभण्डारीले ८ हजार पाँच सय ३३ मत पाए । भद्रपुरका १० वटा वडामध्ये कांग्रेसले ४, एमालेले ३ , राप्रपाले २ र माओवादीले एउटा वडा जितेको छ ।
Artha Sanjal






