सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा कर्मचारीको मृत्यु

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।

मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की छन् ।

उनको टाउकोमा हाँगा खस्दा गम्भीर घाइते भएकोले उपचारका लागि उनलाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा राति सवा ११ बजे कार्कीको मृत्यु भएको हाे । शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल राखिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *