काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको आज बसेको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ। त्यसैगरी,अग्राधिकार शेयरको लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
असोज १ गते, बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




