टोखा नगरपालिकामा प्रकाश अधिकारीकै जित, कांग्रेसकी रजनी १७४ मतले पराजित

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत सविता शर्माका अनुसार अधिकारीले १०३४० मत प्राप्त गरे।  कांग्रेसकी थापाले १०१६६ मत ल्याइन्।

अघिल्लो निर्वाचनमा पनि अधिकारी नै निर्वाचित भएका थिए।

उपमेयरमा भने कांग्रेसका मुरारी तामाङ विजयी भएका छन्। उनले १०१३२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानमाया डंगोलले ९५१८ मत प्राप्त गरिन्।

एमालेले काठमाडौंमा पहिलो नगरपालिका जितेको छ। यसअघि चार नगरपालिकाको नतिजा आएकोमा कांग्रेसले तीन र राप्रपाले एक नगरपालिकामा जित हासिल गरेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *