झापाको हल्दीबारीमा राप्रपाको शानदार जित

झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देन निर्वाचित भएका छन्।

लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्। उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन्।

लिङ्देनले ५८५६ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका डम्बर गिरीले ४२०५ मत मात्र पाए । यस्तै उपाध्यक्षमा निर्वाचित मैनालीले ४४१९ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी एमालेकी शान्तिदेवी गौतमले ३६९७ मत पाइन् । हल्दिवारी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह पालिका हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *