प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षीको नाराबाजीपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

प्रतिनिधिसभा नियमावली समितिमा लैजानुपर्ने माग विपक्षीको छ । नियमावली समितिका सभापति गणेश पराजुलीले जवाफ दिएपछि सभामुखले संशोधन निर्णयार्थ सुनाउन थालेका थिए।

त्यसपछि विपक्षी सांसदले वेलमा पुगेर सभामुखविरुद्ध नाराबाजी गरेका हुन्।

सदनमा सांसदहरूबीच धकेलाधकेल भएको छ । सांसद सभामुखको आसनमा नै चढ्न खोजेपछि बैैठक १५ मिनेटका लागि रोकिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *