राष्ट्रपतिले प्रमाणीकरण गरे अर्का दुई महत्त्वपूर्ण विधेयक

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई आएका दुई महत्त्वपूर्ण विधेयकहरू मध्यरातमा प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा आइतबार जारी विज्ञप्तिअनुसार प्रमाणीकरण भएका विधेयकहरूमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *