सी र पुटिनको संयुक्त अपिल, यस्तो हुनुपर्छ विश्व

बेइजिङ । सी जिनपिङ र भ्लादिमिर पुटिन बीच भएको वार्तापछि चीन र रुसले संयुक्त विज्ञप्ति जारी गर्दै न्यायपूर्ण र सन्तुलित विश्व व्यवस्थाको पक्षमा जोड दिएका छन्।

टेलिग्राममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा दुवै देशले बहुध्रुवीय विश्व व्यवस्था र नयाँ प्रकारका अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरेका छन्।

विज्ञप्तिमा सबै देशले सहकार्य र साझा हितका आधारमा अघि बढ्नुपर्ने, प्रत्येक राष्ट्रको सुरक्षालाई समान महत्त्व दिनुपर्ने तथा विश्वव्यापी निर्णय प्रक्रियामा धेरै देशको सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिइएको छ। साथै विविध संस्कृति र विचारको सम्मान गर्नुपर्ने धारणा पनि राखिएको छ।

चीन र रुसले न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध र बहुध्रुवीय विश्व व्यवस्थाका लागि संयुक्त रूपमा काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिखर वार्ताका क्रममा दुई देशबीच व्यापार, प्रविधिलगायत क्षेत्रमा २० भन्दा बढी सम्झौतामा हस्ताक्षर भएको जनाइएको छ।

राष्ट्रपति सीले विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण र तर्कसंगत बनाउन चीन र रुसले सहकार्य बढाउनुपर्ने बताए। राष्ट्रपति पुटिनले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको टिप्पणी गरे।

राष्ट्रपति पुटिन मंगलबार राति चीन भ्रमणका लागि बेइजिङ पुगेका थिए। उनले बुधबार भ्रमण सम्पन्न गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *