काठमाडौँ। सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त मागेको हो।
गोरखापत्र संस्थानको रिक्त रहेको महाप्रबन्धक पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरी नियुक्त गर्नुपर्ने भएकोले आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।
इच्छुक योग्य व्यक्तिले जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने छ।
दरखास्त पेस गर्ने उम्मेदवारका लागि दरखास्त फाराम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध रहेको छ।

Artha Sanjal






