रसुवाका बाढी-पीडित लक्षित नबिल बैंककाे रक्तदान

काठमाडौँ। नबिल बैंक लिमिटेडले रसुवा बाढी पीडीतका लागि रक्तदान कार्यक्रम आयोजना गरेकाे छ।

नबिल बैंकको प्रधान कार्यालय तीनधारामा आयोजना गरिएको उक्त कार्यक्रम लायन्स क्लबसँगकाे पहलमा सञ्चालन गरिएकाे हाे ।

भदौ १५ गते सोमबारका दिन आयोजित उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। बाढी र पहिरोपछि उत्पन्न स्वास्थ्य सङ्कट तथा घाइतेहरूको उपचारका लागि रगतको अभाव नहोस् भन्ने हेतुले यो मानवीय कार्य आयोजना गरिएको आयोजकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सधैँ सँगै अघि’ भन्ने मूल नाराका साथ बैंकले बाढीपीडितको सहयोगका लागि यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *