कांग्रेसको गढमा राप्रपाको प्यानल नै विजयी

नेपाली कांग्रेसको गढ मानिने पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको प्यानल विजयी भएको छ । राप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार उमेश कार्कीको प्यानल नै निर्वाचित भएको हो ।

कार्कीले ९ सय ७० मतल ल्याएर निर्वाचित हुँदा कांग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत ल्याएका हुन् । त्यहाँ यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानलनै निर्वाचित भएको थियो ।

राप्रापाले जितेको यो स्थान भारतसँग सिमाना जोडिएको त्रिवेणी धाम हो । ०७४ सालको निर्वाचनमा यो जिल्लामा राप्रपाले एउटा सदस्य पनि जितेको थिएन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *