पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य फेरी ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब बढेको पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

देउवा सरकारले स्थानीय तहको निर्वाचनलगत्तै पेट्रोलियम पदार्थको मूल्यमा बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *