पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *