रवि लामिछानेले भने – ममाथि प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भाग्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लाअमिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।

उनले आफूमाथि ‘प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भागेको’ पनि टिप्पणी गर्दै भने, ‘यीनीहरूले म माथि प्रतिशोध साँधे नि, ढुक्क हुनुस् म बाट प्रतिशोधको राजनीति हुने छैन।’

‘म लोकतन्त्रमा विश्वास गर्छु, मलाई लोकतन्त्रले थुनेको होइन। यी अपराधी, षडयन्त्रकारीहरुले थुनेका हुन्। यीनीहरू लोकतन्त्र होइनन्।’ उनले भने।

देशमा लोकतन्त्र अझै जिउँदो रहेको उनले बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *