काठमाडौँ । शेयर व्यापारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिइआईबी)ले अग्रवाललाई बिहीबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसअघि पनि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए । ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा केहि समय अधि पक्राउ परेर छुटेका अग्रवाललाई पुनः पक्राउ गर्नुको कारण भने सिआईबीले खुलाएको छैन ।
अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
Artha Sanjal






