मौद्रिक नीति: ऋणीका गुनासा सुन्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीका गुनासा सुन्न ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ सञ्चालन गर्ने भएको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले आज सार्वजनिक गरेका आर्थिक वर्ष २०८२/८३को मौद्रिक नीतिमा यो नयाँ कार्यक्रमको घोषणा गरिएको हो । उनले भने,’ग्रामीण क्षेत्रमा ऋणहरुसँग निरन्तर संवाद गर्ने उद्देश्यले ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गरिनेछ।’

‘बैंक तथा वित्तीय संस्थाले विद्यमान कानूनी प्रक्रिया अन्तर्गत रही आफ्नो कर्जा नियमित गर्दा वा असूली लगायतका कार्य गर्दा देखिएका अवाञ्छित गतिविधिबाट सिर्जित जोखिम निरुपणका लागि सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने छ,’ गभर्नर पौडेलले भने ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *