फिफाद्वारा एन्फा निलम्बित

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ।

फिफा काउन्सिल ब्युरोको निर्णयसँगै एन्फाले सदस्यताको सबै अधिकार गुमाएको हो।

निलम्बन अवधिभर नेपालको राष्ट्रिय तथा क्लब टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

साथै फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक सहयोग, विकास कार्यक्रम तथा तालिममा पनि एन्फा र यसका पदाधिकारीहरू सहभागी हुन नपाउने भएका छन्।

फिफाले आवश्यक प्रक्रिया पूरा भएमा अर्को फिफा कंग्रेसअघि नै निलम्बन फुकुवा गर्न सकिने जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *