२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरणा दिन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्षको उमेरपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्ने बताएका छन्। शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।

उनले भने, ‘प्रजनन क्षमता उच्च हुने उमेरमा विवाह र सन्तानको योजना बनाउनु उपयुक्त हुन्छ। म आफैं सन्तानविहीन छु। किन भएनन् भनेर उपचारसमेत गराएँ, तर यति धेरै व्यस्त हुनुपर्‍यो कि समय नै पाइएन।’

प्रधानमन्त्री ओलीले जनसंख्या र विकासबीच सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै युवा पुस्ताले समयमै परिवार निर्माण गर्ने सोच बनाउनुपर्ने बताए। ‘विकास र समृद्धिसँगै जनसंख्या नबढे मानव अस्तित्व नै खतरामा पर्न सक्छ,” उनले भने, “त्यसैले २० वर्षपछि विवाह गर्न र ३० वर्ष नपुग्दै तीन सन्तान जन्माउने सोच बनाउनु उपयुक्त हुन्छ।’

उनले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको स्मरण गराउँदै ‘४० कटेपछि रमाउला भन्ने गीतहरूमा अल्झनु भन्दा अघि जीवनको प्राथमिकतामा परिवार पनि पर्नु आवश्यक छ’ भने।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *