काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले रिलायबल सार्वधिक जीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्षका लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ रुपैयाँ २० वा सो भन्दा माथि अवधिका लागि ७५ रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख/सुलभ बाल जीवन बीमालेख प्लस योजनाअन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि २५ रुपैयाँ, १० देखि १४ वर्षका लागि २९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३३ रुपैयाँ २० वा सो भन्दा माथि अवधिका लागि ४१ रुपैयाँ निर्धारण गरेको छ ।
रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी)अन्तर्गत ५ देखि १४ वर्षे अवधिका लागि २५ रुपैयाँ र १५ वा सो भन्दा माथिका लागि २६ रुपैयाँ बोनसदर प्रदान गरिनेछ ।
लघु सावधिक जीवन बीमालेख (बीमा समिति)र रिलायबल लघु सावधिक जीवन बीमालेखअन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३४ रुपैयाँ र २५ वा सो भन्दा माथिको अवधिका लागि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ५ देखि ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ र सो भन्दा माथि अवधिका लागि ५० रुपैयाँ निर्धारण गरेको छ ।
कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा लेख अन्तर्गत १०,१२ र १४ वर्ष अवधिका लागि ५० रुपैयाँ, र १६,१८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनस दर कायम गरेको छ ।
यस्तै रिलायबल समुन्नती जीवन बीमा अन्तर्गत ५ देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि २४ वर्षका लागि २१ र २५ वा सो भन्दा माथिका लागि २३ रुपैयाँ दिने कम्पनीले जनाएको छ ।
कम्पनीले रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) अन्तर्गत ५ देखि १४ वर्ष अवधिका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६२ र २० भन्दा माथिका लागि ६५ रुपैयाँ बोनस दर कायम गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको फागुन २६ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको जनाएको छ ।






