सानिगाड हाइड्रोले जेठ १४ देखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

काठमाडौं। सानिगाड हाइड्रोले जेठ १४ देखि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई बिक्री खुलाउन लागेको हो।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको ।

यसमध्ये पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय र ५ लाख ७० हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेर बाँडफाँट भइसकेको छ।

१ लाख ७१ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बाँकी रहेको ४६ करोड ७४ लाख बराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्नेछ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने आईपीओ आवेदन अवधि छिटोमा जेठ २० र ढिलोमा जेठ २८ सम्म रहनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *