काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ। बुधबार तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने १ हजार ९ सय ४५ रुपैयाँ कारोबार भइरहेको छ।
Artha Sanjal






