काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे बिस अंक बढेको छ। सेसनमा २०.७६ अंक बढेर २७८६.६५ विन्दुमा पुगेको छ। १ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१ सय १ वटा कम्पनीको ४४ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय ९७ वटा कारोबार भएको हो । ७२ कम्पनीको मूल्य बढ्दा १९ वटा मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






