काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा ३.४९ प्रतिशतले वृद्धि भएको छ।
गत आवमा १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा चालू आवमा बढेर १८ करोड २५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी गत आवमा २ अर्ब ६० करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशूल्क आर्जन गत आवमा १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी कम्पनीको जीवन बीमाकोष पनि बढेको छ। चालू आवमा विमाकोष बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आवको पुस मसान्तसम्म ८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।
चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा छ।




