काठमाडौं। पिपुल्स पावरले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार कम्पनीको खुद नाफा ४२.७९ प्रतिशतले घटेर ८३ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ४५ लाख ४१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६६ प्रतिशतले घटेर २ करोड १७ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष सोहिअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड ३९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाा ३१ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ४३ पैसा रहेको छ ।




