न्यादी हाइड्रोपावर अझै घाटामा, प्रतिशेयर आम्दानी ऋणात्मक

काठमाडौं। न्यादी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समिक्षा अवधीमा कम्पनीले ८६ लाख ५५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले  १० करोड ६४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी केहि घटेको हो ।
समिक्षा अवधीमा कम्पनीको  विद्युत् बिक्रीबाट हुने आम्दानी २७.११ प्रतिशतले बढेर ३६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट २८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको  खुद सञ्चालन नाफा पनि ५०.९६ प्रतिशतले बढेर २० करोड ९३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको  चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक छ भने  प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *