गभर्नर अधिकारीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी, कारबाहीको माग (उजुरीसहित)

काठमाडौँ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत गरेको भन्दै राष्ट्र बैंककै कार्यकारी निर्देशक विनोद राज आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पत्र लेखेका छन्।

गत असोज ८ गते राष्ट्र बैंकका प्रथम गभर्नर स्व. हिमालय शमशेर जबराको सम्मानमा काठमाडौँको होटेल ह्यात रिजेन्सीमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा सहभागी हुन आएका भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासमार्फत प्रधानमन्त्री मोदीलाई कुच्चिएको सिक्का उपहार पठाइएर अधिकारीले राष्कैकै बेइज्जत गरेको भन्दै  आचार्यले  प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

उक्त कार्यक्रमपछि दुई देशका गभर्नरबीच सिक्का उपहार आदानप्रदान भएको र त्यसै क्रममा गभर्नर अधिकारीले निलो रंगको सानो सन्दुक खोली त्यसमा आफ्नो भिजिटिङ कार्डसमेत राखेर गभर्नर दासमार्फत प्रधानमन्त्री मोदीलाई गाई अंकित सिक्काहरु उपहार पठाएको पत्रमा उल्लेख छ।

‘उपरोक्त क्रियाकलाप माथि उल्लेखित मिति, समय, स्थान र उपस्थितिमा मेरै सामुन्ने भएको हो भनी जानकारीका लागि म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई किटानी उजुरी गर्दै निज गभर्नर अधिकारीलाई अब आइन्दा यस्तो कार्य नगर्न आवश्यक निर्देशन दिनुहुन विनम्र अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

भारत पठाइएका सिक्का खोटा र स्वरुप बिग्रेका भन्ने जानकारी आएपछि  गभर्नर कार्यालयका उपनिर्देशक स्वेच्छा शाक्यलाई मुम्बई भ्रमणको काजमा खटाईउनीमार्फत् नयाँ सिक्काहरु पठाइएको आचार्यले पत्रमा जनाएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *