भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । शुक्रबार तेल कम्पनीहरूले पेट्रोलमा ८० पैसा र डिजेलको मूल्य ७५ पैसा भारुले बढाएको हो । नयाँ दर आजदेखि लागू भएको छ । दिल्लीमा पेट्रोल ९७.८१ रुपैया लिटर र डिजेल ८९.०७ रुपैंया भारु प्रतिलिटर भएको छ ।
अहमदाबादमा पेट्रोल ९७.५२ रुपैयाँ लिटर र डिजेल ९१.६१ रुपैयाँ भारु प्रतिलिटर भएको छ । मूल्यवृद्धिपछि चार दिनमा डिजेल–पेट्रोल २ रुपैयाँ ४० पैसा भारु महँगो भएको छ । घरेलु ग्यास सिलिण्डरको मूल्य ५० रुपैयाँ भारु बढाएको छ ।
मध्यप्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४.२ केजीको ग्यासमा सब्सिडी भएपनि प्रति सिलिण्डरको मूल्य बढेर प्रति सिलिण्डर एक हजार रुपैयाँ भारुभन्दा उच्च पुगेको छ ।





