सानिमा बैंकको शाखा अब चितवनको टाँडीमा

सानिमा बैंक लिमिटेडले मिति २०७८ चैत्र १० गते चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडी र सानिमा बैंकका संचालक डा केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे ।

टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

समुद्घाटन् समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायिक बिकासमा टेवा पुर्याएकोमा शुभकामना समेत व्यक्त गरे ।

सानिमा बैंकका संचालक डा.केशव प्रसाद आचार्यज्यू र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *