सिस्टम अपग्रेडपछि नबिल बैंकको सबै सेवा सञ्चालनमा

काठमाडौं । प्राविधिक सुरक्षा जोखिमका कारण प्रभावित भएका नबिल बैंकका सम्पूर्ण बैंकिङ सेवा पुनः नियमित सञ्चालनमा आएका छन् ।

बैंकले प्राविधिक प्रणालीको आवश्यक सुधार, अपग्रेड तथा जोखिम मूल्याङ्कन सम्पन्न गरेपछि सबै सेवा पूर्ववत् रूपमा सञ्चालनमा आएको जनाएको छ ।

यसअघि बैंकले एनबैंक माइक्रोसाइट, जेनअल्फा एप, डेबिट तथा क्रेडिट कार्ड अनुरोध र मुद्दती खाता धितोमा ऋण लिने प्रणालीलगायत केही सेवा अस्थायी रूपमा बन्द गरेको थियो ।

आवश्यक प्राविधिक सुधार सम्पन्न भएसँगै रोकिएका तथा प्रभावित सबै सेवा पुनः सञ्चालनमा आएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *